ओखलढुंगा कांग्रेसमा भाँडभैलो,प्रभावशाली नेताहरुले पार्टी छाडे

Posted on: 20 Oct, 2017

पूर्णप्रसाद न्याैपाने,कात्तिक ३, ओखलढुंगा । ओखलढुंगा कांग्रेसमा भाँडभैलो मच्चिएको छ । पार्टी केन्द्रको निर्णय प्रति असन्तुष्टि जनाउँदै जिल्लाका प्रभावशाली नेताहरुले भाँडभैलो मच्चाएका हुन् । आगामी मंसिरमा हुने निर्वाचनमा ओखलढुंगा क्षेत्र नं. २ अर्थात् (ख) मा क्षेत्र नं. १ का व्यक्तिलाई उमेद्वार बनाएको भन्दै जिल्लाका प्रभावशाली नेताहरुले असन्तुष्टि जनाएका हुन् । नेपाली कांग्रेस केन्द्रले जिल्ला सभापति समेत रहेका क्षेत्र नं. १ का प्रदिप सुनुवारलाई क्षेत्र नं. २ को उमेद्वार बनाउने निर्णय गरेको भन्दै उक्त निर्णय सच्चाउन त्यस क्षेत्रका नेताहरुले माग गरेका छन् । 


आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट नेताहरुले सामुहिक राजिनामाको घोषणा समेत गरेका छन् । बाम एकता पछिकोे चुनौतीपूर्ण चुनावमा अर्को क्षेत्रको व्यक्ति उठाएर पार्टी केन्द्रले ओखलढुंगा क्षेत्र नं.२ का नेता र मतदाताको मान मर्दन गरेकाले आजैका मितिबाट कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउँदै राजिनामाको घोषणा गरिएको एक नेताले बताए । 

ककस्ले छाडे कांग्रेस ? हेर्नुहोस् असन्तुष्ट नेताहरुले पार्टी सभापतिलाई लेखेको पत्र  



यस बिषयमा तपाइको प्रतिक्रिया...!