बिपी राजमार्ग भासिएपछी, सिन्धुली-बर्दिबास सवारी अवरुद्ध

Posted on: 20 Feb, 2017

फागुन ९, काठमाडौं | सिन्धुलीको शीतलपाटीमा पर्ने सिन्धुली-बर्दिबास सडकखण्ड अन्तर्गत त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । 

आइतबार राति गएको पहिरोले सडक अबरुद्ध भएपछि सिन्धुली बर्दिबास हुँदै चल्ने सवारीहरु बिच बाटोमै रोकिएका छन् । राजमार्ग करिब २० फिट भन्दा बढी भासिएको छ भने तत्काल सडक सुचारु गर्न कठिन देखिएको छ ।

 अफ्ट्यारो स्थानमा पहिरो गएको कारण रामेछाप, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, सिन्धुली लगायतका बासिन्दाहरु प्रभावित भएका छन् । बिचैमा रोकिएका यात्रुहरु समस्यामा परेका छन् साथै सकेसम्म छिटो सडक सुचारु गर्न कोसिस गरिने बताइएको छ । 

जापान सरकारले बनाएको बीपी राजमार्गमा दुई वर्षअघिदेखि सञ्चालनमा आएको हो ।

तश्विर: फेसबुकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!