मैले भोगेको जिन्दगी र रेडियो यात्रा

Posted on: 21 Jul, 2017


        रामहरि श्रेष्ठ (रेडियो कर्मी)

जिन्दगी दुई शब्दमा उतारिने कुरा त हैन तर जति उतारीन्छ त्यो बिशेष पल हुन्छ । 

जिन्दगीको अरोह अवरोहमा मानिसले धेरै कुराहरु भोगेको हुन्छ । मैले पनि धेरै कुरा भोगे । जब म २०६४ सालमा एसएलसीको परिक्षा सकेर जिन्दगीका रंगिन सपनाहरु बोकेर आमा बुबाको सहमती बिना नै सपनाको सहर राजधानी छिरे । यो सहर मेरा लागी बिल्कुलै नौलो थियो । 

त्यो बाक्लो घर, बाक्लो गाडि र बाक्लो मान्छेको भिड । बिस्तारै यसै मानिसको भिडबाट मैले पनि मेरा सपनाहरु खोज्न थाले । आएको केहि महिना फुपुकोमा बसे बौध । त्यसपछि म ज्युनका लागी काठमाण्डौका बिभिन्न होटलहरुमा कामको खोजीमा हिडे । यसै क्रममा मेरो दाई (मामाको छोरा) को सहायतामा मैले सिनामंगलको एक क्याफेमा वर्टरको काम पाए । र बिस्तारै सपनाको सहर राजधानी संग घुलीदै गए । 

काम बिहान  ८ बजे देखी बेलुका १० बजे सम्म । दिनहुँ उही काम। गेष्ठले खाएको भाडा टिप्नु,खाना लानु,सरसफाई गर्नु । घरीघरी त कामसाम छोडेर पुनः घर फर्किउनु झै लाग्थ्यो । तर फर्किउ पनि कसरी किनकी बाबा ममीको सहमती बिनै घरबाट काठमाण्डौ छिडेको मान्छे म । यसरी नै तिन महिना बितेछ । र आयो एसएलसीको रिजल्ट । रिजल्टमा म सेकेन्ड डिभिजनमा पास भएछु मन यसै यसै खुशी भयो । 

अब कलेज भर्ना गर्नु पर्ने काहाँ पढ्ने के पढ्ने यस्तै यस्तै अनेकौ प्रश्नहरु मनमा खेलीरहन्थ्यो। होटलको काम बिहान देखी बेलुका सम्म अनी तलब मासिक ३ हजार । एकदमै आह्रो भायो । तरपनि कलेज भर्ना गरे । काठमाण्डौको चाबहिल स्थित कैलाशकुट मल्टिपल क्यमपस । बिषय आर्सबाट मेजर नेपाली । पढाई राम्रै चलीरहको थियो । र काममा बिस्तारै ह्यामपर । 

साहुले दिनहु गाली गर्थाे । कि कलेज बिहान ६ बजेबाट १० बजे सम्म हुने भएकाले म चाबहिलबाट हिड्दै साढे १० मा मत्रै काममा पुग्थे  कलेज ड्रेसमै । तर काममा पनि ढिलो अयो भन्दै साहुको रात दिनको गाली । यसै कारणले मैले होटल पनि छाडिदिए । र केहि महिना पुनः फुपुको मै बसेर पढ्न थाले । तर यसरी पढ्दा मलाई र फुपु दुबैलाई गाह्रो भयो । 

फुपु गलैचा बुन्नु हुने भएकाले कमाई पनि खासै राम्रो थिएन । यसै कारण मैले फेरी काम नगरी सुखै पाईन । फेरी कामको खोजीममा म केहि समय क्याटरिङमा काम गर्न थाले । बिस्तारै काम पढाई , पढाई काम हुदै गर्दा म सुकेधाराको एक होटलमा वेटरको काममा पाँए । अब होटलको नियम अनुसार तिन महिना बिहान ८ देखी बेलुका १० बजे सम्म काम गर्नुपर्ने । राती होटलमा  बस्न नमिल्ने । त्यसैले म काम सकेर १० बजे राति सुकेधाराबाट बौध तर्फ जान्थे । 

यो प्रकृया लामो समय सम्म चलिरह्यो । यस बिचमा म धेरैपटक कलेलमा प्रिन्सीपलाई चिट लेखेर ८ बजे नै काममा आउने गर्दथे । बिस्तारै तिन महिना बित्यो अब हप्ताको तिन दिन बाहेक अरु दिन भने म पुरै घन्टि कलेज पढ्न पाउथे । तिन दिन चाँहि बिहानको डिउटी पर्ने भएकाले म उहि पुरानो दिनचर्या  अपनाउथे चिट लेखेर कलेजबाट काममा । बिस्तारै ११ को परिक्षा दिईयो । परिक्षा राम्रै भयो । मेरो रुचि , मेरो पालगपन रेडियो भएकाले मैले जर्नालिजम नै लिएर पढेको थिए । पछि गएर रेडियोमा बोल्ने अभिरुचिका साथ ।

 नभन्दै मेरो सपना पुरा हुनलाई त्यति समयपनि लागेन म होटलको अलावा चाबहिलको एक ट्रेनिङ सेन्टरमा रेडियो सम्बन्धी तिन महिने तालीम लिन थाले । र बौध मा कम्प्युटर क्लास । बिस्तारै तिन महिना बित्यो मैले यता बेसीक कोर्श कम्प्युटर र उता तिन महिने बेसीक रेडियो तामीम सके  । सपनाको सहर काठमाण्डौको बसाईका बिचमा म दशै , तिहारमा मात्र घर आउथे । र एक पटक दशैमा घर आउदाँ जिल्लाकै एक रेडियोमा भ्याकेन्सी खुलेको थाहा पाए । र त्यहाँ आबेदन दिनका लागी पुगे । 

सुरुमा सबैले भने हेर्दा ट्यापे जस्ता छौ के रेडियोमा काम गर्छाै भाई । म केहि बोलीन । र चुपचाप घर फर्किए । अब सपना... सपना नै हुने भयो भन्दै म पुन दशैको टिकाको भोलीपल्ट काठमाण्डौ भासीए । र पहिलेको काम छोडिसकेकाले पुन कामको खोज्न लागे । यसैबिच धुम्बाहाराईको एक क्याफेमा वेटरको काम पाए । काम गर्दै बिहान बेलुका कान्तिपुर पत्रिका किनेर भ्याकेन्सी हेर्थे ।

कतै रेडियोको लागी आबेदन मगिएको छ कि भनेर । यसरी नै समय बित्दै गयो । र मलाई लाग्छ २०६९ –७० तिर जिल्लामा अर्काे नयाँ रेडियो खुलेको रहेछ । दिदिले खबर दिनु भयो । र रेडियोले १५ दिने रेडियो पत्रकारीका तालीम पनि खुलाएको रहेछ शुल्क सहित । म फेरी ट्रेनिङमा भाग लिन जिल्ला आए र भाग लिए । लगभग ९७ जनाजती साथीहरुको सहभागीता रहको तालीम दुई सेसनमा चल्थ्यो । मैले यस अबधिमा धेरै नै मेहनत गरे । म राति १ बजे सम्म ठुलो आवाजमा पेपर पढ्थे  । 

र बिहान तिन बजे उठ्थे र फेरी उसैगरी पढ्न थाल्थे ।म मन्थिलीमा दाईको कोठामा बसेकाले छिमेकी कोठाका मानिसहरु डिस्टब भयो भन्दै बिहान मलाई सुनाउथे । तर पनि मैले यसलाई छाडिन । ट्रेनिङको अन्तिम दिन धेरै मनिसहरुको बिचमा उत्घोष गरीयो । पहिलो , दोस्रो र तेस्रो हुने सहभागीको नाम । यसै क्रममा मेरो नाम पहिलो स्थानमा आयो म धेरै खुशी भए । अनि मेरो सुरु भयो रेडियो यात्रा । तालीमपछि म जिल्लाको एक रेडियोमा समाचार बिषयलाई लिएर काम गर्न थाले । 

यो क्रम लगभग साढे तिन बर्षजती चल्यो । यो बिचमा स्रोताको माया बिश्वास मैले धेरै पाए । बिहन ५ बजे रेडियो बजाउन उठेदेखी राती ११ बजेसम्म कार्यक्रम चलाएर म खाना बनाएर खाई सुत्ने गर्थे । जब स्थनिय बजारमा हाट लाग्ने दिन बिहिबार आउथ्यो त धेरै स्रोताले कोहिले फलफुल कोहिले घ्यु त कोहिले कपडा समेत लिएर भेट्न आउथे । मैले जति समयमा त्यस रेडियोमा काम गरे धेरै स्रोताको माया पाए । 


 साडे तिन बर्ष पछि जब छोड्ने निर्णय गरे त धेरै स्रोताले मलाई फोन मार्फत नछोड्न आग्रह गर्थे । तैपनि आफ्नो बिवस्थाले मैले रेडियो छाडे । त्यसपछि सदरमुकामै बसेर केहि अनलाईन पेपरतिर लेख्न थाले । यस बिचमा म आफुले जानेको कुरा सिकाउन केहि रेडियोको ट्रेनिङमा समेत पुगे । जहाँ रामेछाप भन्दा धेरै टाढा थियो । यसरी जिन्दगी चलिरहेको थियो । एकदिन यस ओखलढुंगाको एक रेडियोका प्रमुख ज्युले मलाई सम्पर्क गर्नुभयो । र रेडियोमा आउन आग्रह गर्नुभयो । म दोधारमा परे । 

उहाँले धेरै पटक आग्रह गरेपश्चात म हुन्छ भन्दै ओखलढुंगा आईपुगे । जब ओखलढुंगा आए, जाहाँ उहाँले भन्नु भएको रेडियो थियो । खै किन हो त्यसमा काम गर्नै मन लागेन  र घर फर्किने निर्णय गरे । तर रमाईलोडाडामा दुई दाजुहरु भेटिए । पुर्ण र रबिन । उनिहरु जिल्लाको अर्काे रेडियो आफ्नो एफएममा कार्यरत रहेका रहेछन् । त्यतिबेला हाम्रो खासै चिनजान थिएन । चिनजान थियो त मैले सिआईएन मा पठाएको रिपोर्ट सुनेको भरमा । र चिनजान संगै कुराकानी भयो । र उहाँहरुको रेडियो हेर्न आईयो । यसै बिच पुर्ण दाजुले भन्नुभयो अब ओलढुंगा मै बस्नु पर्छ । नभन्दै म आफ्नो एफएम ले जब भ्याकेन्सी खुलायो ।

 मलाई दाजुहरुकै फोर्सले आवदेन दिन बाध्य बनायो । मैले आवेदन दिए । र धेरै प्रतिश्पर्धी बिचमा नाम निकाल्न सफल भए । त्यसपछि मेरो ओखलढुंगाको बसाई सुरु भयो । समय बित्दै गयो , दिन बित्दै गए । लगभग तिन महिनाको बसाईपछि फेरी म घर गए । उतै बसे यसबिचमा मेरो सहकर्मी दाजु पुर्णले रेडियो छाडिसक्नु भएको रहेछ । अनि मलाई रेडियोका प्रखुहरुले फोन मार्फत पुनः आउन आग्रह गर्नूूभयो । जसलाई मैले राम्रै ठाने र २०७२ साल चैत्र २४ गते पुन रेडियोमा प्रबेश गरे अहिले यसै रेडियोमा समाचार प्रमुखको रुपमा कार्यरत रहेको छु । जिन्दगीले धेरै कुरा सिकाउन ,लड्न सिकाउछ,उठ्न सिकाउन तर पनि हार भने कहिले खानु हुन्न जब संघ्रस गरिन्छ तब प्रतिफल मिल्छ । धन्यवाद पढिदिनु भएकोमा ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!