ओखलढुंगामा पहिरोले दुई घर बगायो

Posted on: 07 Aug, 2018

साउन २२, ओखलढुंगा | ओखलढुंगामा खिजिदेम्बा गाउँपालिका ९ र मोलुङ गाउँपालिका ७ को सिमानामा पहिरो खस्दा २ घर बगाएको छ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेको छ ।  दुई गाँउपालिकाको सिमानामा पर्ने पात्लेमा सोमबार राती पहिरो जादाँ स्थानिय डाटी शेर्पा र लमु शेर्पाको घर बगाएको हो ।

पहिरोमा परी कुनै मानविय क्षेती नभएको भएपनि शेर्पाको एक हल गोरु र एउटा कुकुर पुरेको मोलुङ गाँउपालिका ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिए । गाउँमाथीबाट पहिरो खसेकाले सो स्थानका तल्लो भेगका अन्य ५ घर समेत पहिरोका जोखिममा परेका छन् । पहिरो पिडित परिवार हाल आफन्तको घरमा शरण लिई बसिरहेको वडा अध्यक्ष सुनुवारले बताए ।  राती अचानक पहिरो खसेपछि स्थानियहरु भागेर बचेको उनिहरुको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!