लायन्स क्लब अफ ओखलढुंगाद्वारा खाद्यान्न वितरण

Posted on: 12 Aug, 2018

साउन २७, ओखलढुंगा | लायन्स क्लब अफ ओखलढुंगाले खाद्यान्न वितरण गरेको छ । क्लबका अध्यक्ष लेखनाथ दाहालको संयोजकत्वमा काठमाडौंको शंकरापुर नगरपालिकास्थित लप्सेफेदीमा जे.पी. प्रतिष्ठानद्वारा सञ्चालित मैत्रीसेवाश्रममा रहनुभएका जेष्ठ नागरिकका लागि खाद्यान्न वितरण गरिएको हो । जोन चेयर पर्सन हरिप्रसाद दाहालको प्रमुख आतिथ्यतामा आश्रमका व्यवस्थापक मण्डलेश्वर गिरीलाई आवश्यकीय खाद्य सामाग्री हस्तान्तरण गरिएको क्लबका सचिव गान्धर्वराज पौडेलले जानकारी दिएका छन् । 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक घद्दछब्द्द अन्तर्गत सन् २०१६ मा स्थापित क्लबले मानवतालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रमहरु अगाडी बढाइरहेको जनाइएको छ । लायनवादका उद्देश्य तथा नैतिक सिद्धान्तमा आधारित रहेर सुन्दर समाज निर्माणमा केही योगदान पुगोस् भन्ने उद्देश्यका साथ क्लबले यस अघि पनि तत्कालीन चार्टर्ड प्रसिडेन्ड एवम् कार्यक्रमका प्रमुख अतिथि जोन चेयर पर्सन हरिप्रसाद दाहालले लायन्स क्लबले स्थापना गर्ने व्लड वैंकलाई रु. २५ हजार सहयोग प्रदान गरिसक्नुभएको छ भने रामेछाप मन्थली क्लबका सदस्य रामेछाप जिल्ला लिखु गाउपालिकाका शान्तबहादुर रोक्काकी पत्नी २७ वर्षीय दुवै मृगौला पिडित विमला रम्तेल सार्कीलाई मृगौला प्रत्यारोपण गर्नका लागि रु. २५ हजार सहयोग प्रदान गरिसकेको छ ।


त्यसैगरी रुम टु रिडसँगको सहकार्यमा क्लबले ओखलढुंगा जिल्लाका ५० उदयपुर जिल्लाका २१ र भक्तपुर जिल्लाका केही विद्यालयहरुलाई लाइब्रेरी व्यवस्थापनका लागि पुस्तकहरु वितरण गरिसकेको छ भने काठमाडौंको गुह्येश्वरीमा अवस्थित प्रणवानन्द आश्रममा आश्रित वालवालिकाहरुलाई ज्गलनभच च्भष्भिा एचयनचबmmभ अन्तर्गत पटक–पटक भोजनको व्यवस्था समेत गरिसकेको छ । छिट्टै नै क्लबले काठमाण्डौंमा बृक्षारोपण गर्ने जनाएको छ । आगामी दिनमा क्लवले रक्तदान, मठमन्दिर तथा टोल सरसफाई, असहाय वालवालिकाहरूको लागि प्रत्येक २/२ महिनामा १ छाक भोजनको व्यवस्था र ओखलढुंगा जिल्लामा स्वस्थ्य शिविर सञ्चालन गर्ने लगायत अन्य विभिन्न स्थानहरुमा मधुमेह र उच्च रक्तचाप परीक्षण कार्यक्रम लगायत अन्य सामाजिक कार्य गर्ने लक्ष्य लिएको छ ।


सन् १९१७ मा अमेरिकाको सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको लायन्स क्लब इन्टरनेशनल अहिले २१२ वटा मुलुकमा स्थापना भइसकेको छ । विश्वभर यसको सदस्य सख्या १४ लाख पुगिसकेको भने नेपालमा वि.सं. १९७१ देखि पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको अगुवाईमा पुर्वी नेपालको विराटनगरबाट यसको सुरुवात भएको हो । लायन्स क्लब इन्टरनेशनलले अहिले नेपालभर ८०० भन्दा बढी लायन्स क्लब खुलीसकेको र यसमा आवद्ध २४ हजार भन्दा बढी सदस्यहरू आवद्ध रहेको जनाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!