‘भूत’लाई हानेको खुकुरी श्रीमतीको टाउकोमा परेपछि…

Posted on: 04 Sep, 2018

भदौ १९, ओखलढुंगा । खिजीदेम्वा गाउँपालिका वडा नं. ८ भूसिंगामा एक व्यक्तिले भूत भनेर प्रहार गरेको खुकुरी श्रीमतीको टाउकोमा परेको छ ।

३८ वर्षीय हितबहादुर विकले सोमबार मध्य रातमा भूतले तर्साएपछि उठेर खुकुरी हान्दा आफ्नै श्रीमतीलाई लागेको छ ।

तर्सिएर उठेपछि भूतको छाँया जस्तो लागेर सिरानीको खुकुरी प्रहार गर्दा श्रीमती गीतामाया विश्वकर्मालाई लागेको हो । खुकुरी प्रहारबाट गिताको टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेर गम्भीर घाइते भएकी छन् । घाइते गीतामायाको हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!