ओखलढुंगामा व्याकुल माईला गोल्ड कप सुरु

Posted on: 05 Oct, 2017


चिसाङ शेर्पा/असोज १९, खोटाङ । ओखलढुंगामा व्याकुल माईला गोल्ड कपको सातौं संस्करण सुरु भएको छ । 

कोजाग्रत पूर्णीमाको अवशरमा व्याकुल माईलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दुधकोसी किनारमा गोल्ड कप सुरु भएको हो । 

राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको प्रतियोगीता असोज २७ गतेसम्म सञ्चालन हुने आयोजकमध्येका नयाँ नेपाल सरोकार समाजका सचिव रबिन राईले बताउनुभयो । गोल्डकप मूल समारोह समितिले नयाँ नेपाल सरोकार समाज हिलेपानी, हिलेपानी फुटबलव क्लव र दुधकौशिका प्राबि सोक्माटारसँगको सहकार्यमा सुरु गरिएको प्रतियोगीतामा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, काठ्माण्डौं, ललितपुर लगायतका जिल्लाबाट आएका २९ टिमको सहभागीता रहेको छ । प्रतियोगीताको उदघाटन खेल आयोजक दुधकौशिका प्राबि सोक्माटार र फुलबारी युवा क्ल्व ‘बी’ जाक्माबीच भएको खेलमा फुलवारी युवा क्लवले दुई गोल गर्दै जित हाँसिल गरेको छ  । 

प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख, दोश्रो हुने टिमले ५० हजार र तेश्रो हुने टिमले नगद २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, अनुशासित टिम, बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट किपरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगीताकैवीचमा असोज २६ र २७ गते दाँत र जनरल हेल्थ चेकअप तथा उपचारका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । गोल्डकप उद्घाटन तथा समापन कार्यक्रममा लोपोन्मुख बनेको सालमाया, सरुमा, अधिया, खियाली, राम्दले, साकेला लगायतका लोकभाका एवं लोकनाच प्रस्तुत गरिने आयोजकले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!