कलाकारले तताए ओखलढुंगा (फोटो फिचर)

Posted on: 02 Oct, 2016


पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा । ओखलढुंगामा बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । पारस्पारिक सेवा अनुष्ठानको आयोजनामा सदरमुकाम ओखलढुंगामा आईतबार वृहत सांस्कृतिक महोत्सब सम्पन्न भएको हो । रामबजारमा भएको महोत्सबमा राष्ट्रियस्तरका हास्य कलाकार,लोक तथा पप गायकहरुको बेजोड प्रस्तुति रहेको थियो । हास्यकलाकारहरु कलाकारहरु कक्रोज,बले सहित गायकहरु रोज मोक्तान,संजीव सिँह,उदय श्रेष्ठ लगाएत दर्जनौ राष्ट्रिय तथा स्थानिय कलाकारहरुले प्रस्तुती देखाएका थिए ।


महोत्वस हेर्न गाँउ गाँउ देखिका स्थानियहरु सदरमुकाम आईपुगेका थिए । कलाकारहरुले दिनभर सदरमुकामको माहोल संगित मय तथा मनोरञ्जनात्मक बनाएका थिए । सांसद यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित सबै क्षेत्रका सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागिहुन आएका राष्ट्रिय कलाकारहरुले कला र साहित्यको भूमि ओखलढुंगामा आफुहरुले न्यानो मायाँ र साथ पाएको भन्दै खुःसी व्यक्त गरेका थिए ।  संकृतीको संरक्षण र सांस्कृतीक महोत्सव मार्फत पर्यटन पर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम उद्धेश्य अनुरुप नै सञ्चालन गर्न सकिएको भन्दै सयोगी सबैलाई महोत्सव आयोजक समितिका संयोजक जिन्दल श्रेष्ठले धन्यवाद दिनुभयो । यस्ता महोत्सव आदिले जिल्लाको विकास र रुपान्तरणमा टेवापुग्ने सरोकारवालाहरुको भनाई छ । नेपालीहरुको महानपर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा आयोजित सांस्कृतिक महोत्समा साझासबाल सहितका विभिन्न सञ्चार माध्यामहरुले मिडिया पार्टनरको भूमिका निर्वाह गरेका छन् । 







यस बिषयमा तपाइको प्रतिक्रिया...!