गायक संजीव भन्छन् ‘बादल संगै माथि माथि, चरा जस्तै उडछु’ भिडियो सहित

Posted on: 30 Nov, 2016


मङ्सिर १५, ओखलढुंगा । सुमधुर स्वरका धनि ‘संजीब पराजुलीको कर्ण्प्रिय आवाजमा यस वर्षकै चर्चित उपन्यास डार्लिंग हार्बरका सर्जक निस्प्रभ सजीको शब्द र युवा गायकरसंगीतकार हेमन्त रानाको सुमधुर संगीतमा सजीएको “बादल सगै” गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । अष्ट्रेलियामा रहेर गीतसंगीत सृजनामा लागिपरेका ८ सर्जकहरुको सांगितिक यात्रा ‘उडान’ को यो पहिलो म्यूजिक भिडियो हो ।

हरेक दुइ वर्षमा सिड्नी, अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल फेस्टिवल’ कार्यक्रममा गायक पराजुलीले प्रत्यक्ष्य गाउँदै, ठुलो पर्दामा हजारौँ दर्शक (श्रोताहरुका बीच भिडियो प्रदर्शन गरि सार्वजनिक गरियो । अत्याधुनिक उपकरणहरू प्रयोग गरी निर्माण गरिएको यस म्युजिक भिडियोमा नेपाली र अस्ट्रेलियन कलाकारहरुलाई देख्न सकिन्छ । फरक कथावस्तु र निर्माण शैलीमा तयार पारिएको भिडियो पृथक बनेको छ । भिडियो निर्देशन युवा निर्देशक सबिन ज्ञवालीले गरेका हुन् । हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=Jezg_axd6l0 


गायक पराजुलीको यस अघि पनि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन जसमध्ये ‘झिलमिल’, चाहनामा म तिम्रो’, तिमी मलाई मन् पर्छ, ‘तिमी अनि म’ का साथै गीत नेपालमा आयोजना हुने विभिन्न सांगीतिक अवार्ड कार्यक्रमहरुमा ‘झिलमिल’ बोलको गीत नोमिनेसनमा पर्न सफल भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!