श्रम स्वीकृति लिई बैदेशिक रोजगारीमा गएमा कामदार वा हकबालाले पाउने सुविधाहरु
Posted on: 18 Apr, 2021
- मृतक कामदारका हकवालालाई बैदेशिक रोजगार बोर्डको सचिबालय बाट सात लाख रुपैया आर्थिक सहायता दिने व्यबस्था छ ।
- अंगभंग, बिरामी भएको खण्डमा नियमअनुसार बैदेशिक रोजगार बोर्डमा सात लाख रुपैयासम्म आर्थिक सयोग दिने व्यबस्था छ ।
- मृतक र अंगभंग भई शत प्रतिशत आर्थिक सहायता पाएका कामदारका छोराछोरिलाई १२ कक्षासम्म बिद्यालयस्तरको छात्रबृत्री दिने व्यबस्था छ ।
- कामदारको परिवारको सदस्य गम्भीर बिरामी (क्यान्सर, मुटु, मृगौला, अल्जाईमर र पाक्र्न्सन) परेमा बढीमा पचास हजार रुपैयासम्म उपचार खर्च दिने व्यबस्था छ ।
- मृतकको शब अन्तर्राष्ट्रिय विमानस्थलबाट घर ठेगानासम्म नि:शुल्क रुपमा पुराउने व्यबस्था छ ।
- कुनै ठाउमा समस्य वा अलपत्र पर्दा उद्धार, सुरक्षित गृह, कानुनी सहायता लगायतका सहयोग लिन सक्ने सुविधा छ ।
- सम्बन्धित बिमा कम्पनीबाट नियम अनुसार बिमा सुविधा पाइन्छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!