पाल्पा क्षेत्र नं २ मा एमालेका पाण्डे विजयी

Posted on: 10 Dec, 2017

मङ्सिर २४, पाल्पा । पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का सोमप्रसाद पाण्डेय विजयी हुनुभएको छ । 

पाण्डेयले ३४ हजार ८९९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिनुभयो । 

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क) मा नेकपा (एमाले) का डा पुरन बज्राचार्य विजयी हुनुभएको छ । 

बज्राचार्यले १८ हजार ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधव नेपालले चार हजार ५७२ मत प्राप्त गर्नुभएको छ । 

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्रका) तुलाराम घर्ती (वसन्त) विजयी हुनुभएको छ । 

घर्तीले १६ हजार ४२२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राम कार्कीले ११ हजार ४९६ मत प्राप्त गर्नुभएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!