ब्रह्मकुमारी विश्वविद्यालयलाई चार रोपनी जग्गा दान

Posted on: 01 Apr, 2017

चैत १९, पाल्पा । ओमशान्ति ब्रह्मकुमारी सूर्य विश्वविद्यालय रामपुरको भवन निर्माणका लागि स्थानीयले चार रोपनी जग्गा दान गरेका छन् । 

स्थानीय भट्टराई परिवारले रामपुर नगरपालिका–५ को दुर्गादेवी मन्दिर परिषरमा रहेको चार रोपनी जग्गा ब्रह्मकुमारी विश्वविद्यालयलाई दान गरेका हुन् । एक रोपनीमा विश्वविद्यालयको भवन र तीन रोपनी जग्गामा फूलबारी निर्माण गरिने बताइएको छ । 

वशिष्ठ गोत्रीयको स्वामित्वमा रहेको सो जग्गा दानस्वरुप सहयोग गरिएको समाजका अध्यक्ष ऋषिराम भट्टराईले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!