वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

Posted on: 16 Mar, 2019

चैत २, पाल्पा | नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो । 

प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताउनुभयो । उहाँले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताउनभयो । 

नेपाली काङ्ग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उहाँले प्रतिपक्षका रुपमा रहेको काङ्ग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बतउनुभयो । नेपाली काङ्ग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले नेपाल संविधानमा व्यवस्था मान्ने बताउनुभयो । 

उहाँले गिरिजाप्रसाद कोइरालको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने बताउनुभयो । वर्तमान सरकारले एक वर्षको अवधिमा राम्राकाम गर्न नसकेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!