पाल्पामा ट्याक्टर दुघटना हुदाँ एकको मृत्यु

Posted on: 09 Feb, 2017

सुवास विश्वकर्मा | माघ २७, पाल्पा | तानसेन नगरपालिका १२ सालघारीमा बुधबार राति ८:३० बजे ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ  ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन १२ सालघारीमा खाद्यान्य बोकेको लु ३ त ६५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तानसेन नगरपालिका १२ का २८  वर्षीय ट्याक्टर चालक विकास सारु – गोरे)  घटनास्थलमै मृत्यु भएको छ ।

मृतकलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल तानसेनमा राखिएको छ । ट्याक्टर  ब्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको  छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!