पाल्पामा भिरबाट खसेर एकको मृत्यु

Posted on: 28 Apr, 2017

बैशाख १५, पाल्पा । पाल्पाको छहरा रैनादेवी गाउँपालिका–४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खस्दा मृत्यु भएको छ । 

मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर तल खस्दा उहाँको आज बिहान घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक सारुको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको मुझुङ्ग इलाका प्रहरी कार्यालयका प्रमुख रेशम जीसीले बताउनुभयो । रासस 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!