पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

Posted on: 23 Sep, 2017


असोज ७, पाल्पा । पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । 

पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । 

आज बिहान करिब ९:३० बजेको समयमा गुडिरहेको गाडीमाथि एक्कासि पहिरो खस्दा दुर्घटना भएको हो । 

पाल्पाबाट बुटवल जाँदै गरेको ना३ख ६१९१ नंको ट्रक र लु१च ७९९४ नंको कार पहिरोमा पुरिएको छ । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । 

पहिरोमा के कति मानिस पुरिए भन्ने पूरा विवरण नआएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अवरुद्ध बाटो खुलेको केही समयलगत्तै घटना भएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!