मतदान गरेर फर्कदै गर्दा एक वृद्धको मृत्यु

Posted on: 07 Dec, 2017

मङ्सिर २१, पाल्पा । पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११: ३० बजे एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । 

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गर्नुभएको थियो । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उहाँको मृत्यु भएको हो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!