पाल्पा जीप दुर्घटना: बेपत्ताको शव भेटियो

Posted on: 05 Aug, 2018

साउन २०, पाल्पा (रासस) | पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा जीप दुर्घटना हुदाँ दुई जना बेपत्ताको शव फेला परेको छ । तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । जीपले च्यापेको अवस्थामा दुई जनाको शव आज उद्धार टोलीले भेटाएको हो ।

आज बिहानदेखि नै नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा मृतकको शव घटनास्थलबाट बाहिर निकालेका हुन् । जीपले च्यापेको अवस्थामा दुई जनाको शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनास्थलबाट दुवै जनाको शव जिल्ला अस्पताल पाल्पामा ल्याएर परीक्षण गरी आफन्तले दाहसंस्कार लागि लगेका छन् । 

ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै गरेको बा१च ८९७० नम्बरको टोयटा जीप शनिबार साँझ धारदीगैरामा दुर्घटना हुदाँ दुई जना बेपत्ता भएका हुन् । शनिबार साँझ प्रहरीसहित स्थानीयबासिन्दाले दुर्घटनास्थल भीर, खोल्सो र वर्षाका कारण गाडी र शव फेला पार्न सकेको थिएन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!