कोचिङ पढ्दापढ्दै बेहोस भएकी छात्राको मृत्यु, २ जनाको अवस्था गम्भीर

Posted on: 28 Aug, 2019

भदौ ११, पाल्पा | पाल्पाको रम्भा माविकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठी बेहोस् भएका छन् भने बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले थप उपचारका लागि कमलालाई लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो । तर, लुम्बिनी मेडिकल कलेजका डाक्टरहरुले १६ वर्षीय कमलाको मृत्यु भइसकेको बताएको प्रहरीले जानकारी दिएका छन् |

गम्भीर अवस्थामा रहेका एक जना छात्र र एकजना छात्राको मिसन अस्पतालमा उपचार भइरहेको छ । विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरी बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा चलाउँदै आएको छ । उनीहरु कोचिङ पढ्दा पढ्दै बेहोस भएका थिए ।

मास हिस्टेरिया जस्तो लक्षण देखिने यस्तो समस्या पहिले विद्यालयमा नभएको जानकारी आएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ | यस बिषयमा थप अनुसन्धानका लागि प्रहरीको टोलि अस्पतालतिर गएको जानकारी प्रहरीले दिए  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!