भारतबाट फर्केकामा पिसिआर परीक्षण

Posted on: 24 May, 2020

जेठ ११, पाल्पा | सीमानामा अलपत्र  नागरिकलाई उद्धार गरिएको छ । पाल्पाका स्थानीय तहको पहलमा  कृष्णनगर र  सुनौली नाकामा अलपत्र अवस्थाका युवकयुवतीलाई पाल्पा ल्याइएको छ ।

भारतबाट फर्केकालाई कोरोना परीक्षण गरी गाउँपालिका पठाउन सदरमुकाम तानसेनमा होल्डिङ क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । भारतबाट पाल्पा आउनेलाई  क्वारेन्टाइनमा राखी पहिलो चरणमा कोरोना परीक्षण गरेर सम्बन्धित गाउँपालिकामा पठाइएको कोरोना हेल्पडेस्कका संयोजन टुकप्रसाद भट्टराईले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार भारतबाट फर्केका ६६ जनाको पिसिआर गरिएको छ । रामपुर नगरपालिकामा २४, पूर्वखोला गाउँपालिकामा २१, निस्दी गाउँपालिकामा २३, माथागढीमा तीन, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिकामा दुई, तनहुका एक र बाग्लुङका चार जनाको तानसेन क्वारेन्टिनमा पिसिआर परीक्षण गरिएको संयोजक भट्टराईले बताउनुभयो ।

कृष्ण नगर र सुनौली नाकामा अलपत्रलाई शनिबार पाल्पा ल्याइएको छ । कृष्णनगर नाकाबाट २७, सुनौलीबाट २७  र बर्दघाट हुँदै भित्रिएका चार जनालाई बर्तुङ र बतासेस्थित क्वारेन्टिनमा राखिएको संयोजक भटटराई बताउनुभयो ।  तानसेनस्थित होल्डिङ क्वारेन्टिनबाट २३ जनालाई गाउँपालिकामा ल्याइएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । कोरोना परीक्षणपछि सम्बन्धित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको बताइएको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!