पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने

Posted on: 14 Sep, 2016

भदौ २९, पाँचथर । पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएकाले अर्गानिक चिया उत्पादन गरिने भएको हो । 

जिल्लामा केही चिया प्रशोधन गर्ने कारखानाले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् । कञ्जनजङ्घा टी स्टेट, लाली चिया सहकारी संस्था, लेकाली अर्गानिक चिया उद्योग र पाथीभरा टी स्टेटले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् भने अन्य चिया प्रशोधन गर्ने कारखानाले पनि अर्गानिक चिया प्रशोधन गर्ने तयारीमा जुटेका छन् । एक÷दुई वर्षमै जिल्लाका कारखानाले प्रशोधन गर्ने चिया अर्गानिक मात्रै हुने अर्गानिक चिया प्रशोधन गर्दै आउनुभएका लालीचिया सहकारी संस्थाका प्रमुख टङ्कप्रसाद राईले बताउनुभयो । 

उहाँका अनुसार अर्गानिक चियाको उत्पादन कम हुने भएपनि मूल्य राम्रो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजना प्रमुख रामजीवन ठाकुरले चियाको बेर्ना तयारी पनि विषादीरहित हुने, गाईवस्तुको मल र गड्यौले मललगायत मात्रै प्रयोग गरिने र बगानमा रोगकिरा नियन्त्रणका लागि विषादी पनि प्रयोग नगरिएको चियाको पत्तीलाई प्रशोधन गरी अर्गानिक चिया तयार गरिन्छ । 

उहाँले किसान उत्पादन कम नै भएपनि मूल्य राम्रो भएकाले अर्गानिक चिया उत्पादनतिर लागेको पनि बताउनुभयो । केन्द्रीय चिया सहकारी सङ्घले तीन वर्षअघि पाँचथरमा अर्गानिक चिया उत्पादन गर्न किसान र प्रशोधन गर्ने कारखानालाई सुझाव दिएको थियो । रास

यस बिषयमा तपाइको प्रतिक्रिया...!