पाँचथरमा शिक्षक युनियनको धर्ना

Posted on: 16 Nov, 2018

कमल घिमिरे।कार्तिक३०।पाँचथर, नेपाल शिक्षक महासँघले विभिन्न माग राख्दै पाँचथरसहित ७७ वटै जिल्लामा आज धर्ना तथा विरोधसभाको आयोजना गरेको छ । अस्थाई शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायि बनाउनु पर्ने, कार्यालय साहायक र  परिचरको सेवा सुविधामा वृद्धि  गराउनुपर्ने, राहत शिक्षकहरुलाई सरकारि दरबन्दिमा रुपान्तरण गर्नुपर्ने लगायतका सरकारसँग माग राख्दै शिक्षा विकास तथा सवन्वय इकाई अगाडि पुगेर महासँघले धर्ना तथा विरोध सभाको आयोजना गरेको हो । पाँचथरमा पनि विहान १० वजेपछि करिब ३ घण्टा शिक्षा विकास तथा सवन्वय इकाई अगाडि पुगेर धर्ना तथा विरोध सभाको आयोजना गरिएको थियो ।

महासँघको आन्दोलनको कार्यक्रम अन्तर्गत आज दोस्रो चरण अन्तर्गतको तेस्रो धर्ना तथा विरोधसभाको आयोजना गरिएको र आगामि मंसिर ७ गते ७ वटै प्रदेशका राजधानिमा धर्ना तथा विरोध सभा गर्ने कार्यक्रम रहेको नेपाल शिक्षक संघका प्रदेश १ का सदस्य सुरेन्द्रकुमार केरुङले जानकारि दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!