पाँचथरमा पनि मनाइयो देवकोटाको जन्मजयन्ती

Posted on: 07 Nov, 2018

कमल घिमिरे।कार्तिक२१।पाँचथर,  पाँचथरको फिदिममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय दशौं जन्म जयन्ती साहित्यिक कार्यक्रमको आयोजना गरि   मनाइएको छ।
फिदिम बजार स्थित देवकोटा चौक मा पाँचथरे साहित्यिक स्रष्टाहरु भेला भइ देवकोटाको फोटोमा माल्यार्पण गरेपछि उपस्थित साहित्यकारहरूले साहित्यिक रचनाहरु बाचन गरेका थिए। रचना बाचन सँगै देवकोटाको जिवनी,कविता,उपन्यास बारेमा पनि चर्चा गरिएको थियो।
नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरका अध्यक्ष राम प्रसाद चापागाईं को अध्यक्षतामा भएको कार्यक्रममा पाँचथरे साहित्यकारहरु बिवश बेनाम,धनपति ढुङ्गेल,कमल घिमिरे,दिपक खनाल,प्रेम ओझा,राज दिलाञ्जली,शंकर आत्मा,दिननाथ घिमिरे ,खड्ग बोहोरा,राम प्रसाद चापागाईं लगायतले साहित्यिक रचनाहरु बाचन गरेका थिए।
कार्यक्रम आयोजना गरिएको देवकोटा चोकमा चाँडै नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक निर्माण गरिने साहित्यकार दिननाथ घिमिरे ले बताउनुभयो ।
  

यस बिषयमा तपाइको प्रतिक्रिया...!