पाँचथरमा साहित्यिक बहस तथा कविता प्रतियोगीता सम्पन्न

Posted on: 10 Mar, 2019

कमल घिमिरे।फाल्गुन२६।पाँचथर, पाँचथरको फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसमा  विविध साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

साहित्य साधना क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमहरुमा समकालिन नेपाली कविताको प्रवृति विषयक वहस तथा सर्जक सम्मान र क्याम्पस स्तरिय कविता प्रतियोगिता  रहेको थियो । 


कार्यक्रमा नेपाली साहित्यमा देखिएका विकृति, समकालिन साहित्य लेखन,साहित्यको विकास,इतिहास,वर्तमान अवस्था माथि बहस गरिएको थियो । सो बहस क्याम्पस प्रमुख तथा साहित्यकार खेमनाथ खतिवडा, साहित्यकार समदर्शी काइला, साहित्यकार प्रेम ओझा लगायतले बहस गरेका थिए । उक्त बहसको सहजिकरण पाँचथरे साहित्यकार सगुन सुसाराले गर्नुभएको थियो । सोही अवसरमा साहित्यिक सर्जकहरुलाई सम्मान समेत गरिएको थियो । साहित्यिक क्षेत्रमा अग्रणी महिला प्राध्यापक मिना राई,किरात  भाषामा कलम चलाउने साहित्यकार तथा प्राध्यापक लक्ष्मी कुमार शेर्मा तथा पाँचथरे साहित्यकार प्रेम ओझालाई सम्मान गरिएको थियो । 

आजै भएको क्याम्पस स्तरिय कविता प्रतियोगीतामा मनिसा आचार्य,रिता मिश्र र दिपक नेम्बाङ्ग क्रमश प्रथम द्धितिय र तृतिय भएका थिए । कार्यक्रम पुर्व मन्त्रि श्रिप्रसाद जवेगु को प्रमुख आथित्यता तथा साहित्य साधना का अध्यक्ष सुमन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधनाका सचिव मोतिहाङ केरुङले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!