पाँचथरको फिदिममा राप्रपा नेपालको जिल्ला स्तरीय एकता भेला सम्पन्न

Posted on: 09 Dec, 2016

मंसिर २४, पाँचथर | राप्रपा नेपाल र राप्रपा पाटी जिल्ला स्तरीय एकता भेला पाँचथरको फिदिममा आज सम्पन्न भएको छ । 

भेलालाई सम्वोधन गर्दे केन्द्रिय पर्यवेक्षक तथा राप्रपा केन्द्रिय सदस्य चतुरमान विश्वकर्माले केन्द्र पाटी एक भइसकेकोले अव जिल्ला जिल्लामा पाटीलाई एकीकरण गरी निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्ने वताउनुभएको छ । 

यस्तै राप्रपा नेपालका केन्द्रिय सदस्य अमिर मादेनले पाटी मात्रै एक भएर नहुने भन्दै गाउँ गाउँमा संगठन विस्तारका लागि जुट्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा वोल्दै राप्रपा नेपालका केन्द्रिय सदस्य तेज कुमार कुरुम्बाङले हिन्दू राज्य र राजसंस्थाको मुद्धालाई पाटी एकीकरण भएपनि छोड्न नहुने वताउनुभयो ।

 राप्रपा र राप्रपा नेपाल एकीकरण भइसकेकोले अव पाटीलाई दर्विलो र निर्णायक शक्तिको रुपमा उभ्याउन सवै नेता कार्याकर्ता लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य सगुन सुन्दर लावतीले पाटी एकीकरण भइसकेकोले अव गाउँ गाउँमा संगठन निर्माणमा जुट्नुपर्ने वताउनुभयो । 

कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य छविरमण सुवेदी,राप्रपाका केन्द्रिय सदस्य मानवहादुर जवेगु,राप्रपाका केन्द्रिय सदस्य नरेशभक्त चाम्लिङ,राप्रपा नेपालका पूर्व अध्यक्ष कृष्ण प्रसाद योङया लगायतले सभालाई सम्वोधन गर्नुभएको थियो । यस्तै जिल्लामा राप्रपाको अध्यक्षको भने दुवै समूहबाट दावी गरेका छन् ।

 राप्रपा नेपालका पाँचथर जिल्ला अध्यक्ष घलेन्द्र कुरुम्बाङ र राप्रपा अध्यक्ष मानदेव केरुङ दुवैले अध्यक्षको दावी गरेपछि पाटीका नेता कार्यकर्ता सर्वसम्मत अध्यक्ष लगायत नयाँ कार्यसमिती चयनका लागि सहमति जुटाउन लागि परेको वताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!