आगलागी पिडितलाई नेपाली काग्रेस तथा संघसंस्थाले बाडे राहात सामाग्री

Posted on: 14 Apr, 2017

जितेन्द्र भण्डारी | वैशाख १, पाँचथर | केहि दिन अघि पाँचथको सुभाङ २ मा लागेको आगलागी पिडितलाई नेपाली काग्रेस पाँचथर लगायत अन्य संघ संस्थाहरुले राहात सामाग्री प्रदान गरेको छ ।

विहिबार घरमै पुगेर काग्रेस महासमिती सदस्य तथा उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले ३६ हजार रुपैया बराबरको ६ बन्डल जस्तापाता प्रदान गर्नुभएको थियो ।

त्यसैगरी उद्योग वाणिज्य संघ पाँचथरको तर्फबाट खाद्यन्न,जनसेवा समाज पाँचथरको तर्फबाट लत्ताकपडा लगायतका सामाग्री प्रदान गरिएको थियो ।

राहात सामाग्री वितरण कार्यक्रममा काग्रेसका नेता विजुलीविक्रम नेम्बाङ,वाणिज्य संघका महासचिव तुलसीदास श्रेष्ठ,गैर सरकारी संस्था महासंघ अध्यक्ष बालकृष्ण ओझा,नेविसंघ जिल्ला अध्यक्ष तुलसी आचार्य,जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी लगायत सहभागि हुनुहुन्थ्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!