चुनावको मुखमा एमालेमा पहिरो गयो, १ सय ५० बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

Posted on: 19 Jun, 2017


असार ५, पाँचथर । चुनावको मुखमा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित  भारपामा आज नेकपा एमालेबाट पूर्व गाविस अध्यक्ष सहित १ सय ५० जना नेता कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

 आज विहान भारपामा आयोजित एक कार्यक्रमका वीच ०५४ सालको गाविस अध्यक्ष बनेका एमालेका दुई पटक सम्म जिल्ला सदस्य बनेका तिलविक्रम इदिङगो सहित एक सय ५० जना एमालेका नेता कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।

यसैगरी एमालेका इन्द्र योक्पाङदेन,टेगिन्द्र योक्पाङदेन,बुद्धराज योक्पाङदेन,जसबीर योक्पाङदेन,राम कुमारी योक्पाङदेन,तिलविक्रम इदिंगो,टिकाराम लोहार,चन्द्र प्रसाद योक्पाङदेन,हरिश्चन्द्र योक्पाङदेन,नरेन्द्र योक्पाङदेन,लक्ष्मी तामाङ,तेज बहादुर योक्पाङदेन,याम कुमारी तामाङ,रमेश तामाङ,चन्द्र बहादुर योक्पाङदेन,नरेन्द्र योक्पाङदेन,देवी तामाङ,पूजा एक्पाङदेन लगायत नेपाली काग्रेसमा प्रवेश गरेका हुन् । मुलकको समृद्धि र विकाश अव काग्रेसले मात्रै गर्न सक्ने भन्दै उनीहरु काग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली काग्रेसका यूवा नेता गगन थापाले टिकट दिएर पाटीमा प्रवेश गराउनुभएको हो ।

कार्यक्रममा पाटीका जिल्ला अध्यक्ष नरेन्द्र कुमार केरुङ,काग्रेस हिलिहाङ गाउँपालिका अध्यक्ष पदका उम्मेद्धवार समर बहादुर अधिकारी,उपाध्यक्ष पदकी उम्मेद्धवार तारा कुमार योङहाङ लगायतले वोल्नुभएको थियो । काग्रेस पाटीमा जनलहर चलेकोले अव आफू जित नजिक पुगेको अध्यक्ष पदका उम्मेद्धवार अधिकरीले वताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!