जिसस पाँचथरमा एमाले–माओवादी गठबन्धन विजयी

Posted on: 13 Aug, 2017

साउन २९, पाँचथर । जिल्ला समन्वय समिति पाँचथरको आज सम्पन्न निर्वाचनमा नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)को गठबन्धनका उम्मेरदवार विजयी भएका छन् । 

जिल्ला समन्वय समिति पाँचथरको प्रमुखमा एमालेका विष्णु साप्पकोटा नौ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सकुन्तला ओलीले सात मत ल्याउनुभएको थियो । 

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका डिल्लीराम दुलाल विजयी भएका छन् । नेकाका राजेन्द्र रिजाल दुलालको पनि बराबरी आठ÷आठ मत भएपछि गोलाप्रथा गर्दा माओवादी केन्द्रका डिल्लीराम दुलालको पक्षमा गोला परेपछि दुलाल उपसभापतिमा निर्वाचित हुनुभएको हो । 

जिल्ला समन्वय समिति एक सदस्यमा माओवादी केन्द्रका कुशल राई तथा एमालेबाट नरबहादुर गुरुङ, सन्तोष सेञ्चुरी, धनमाया राई, मनमाया लिम्बू, भगवती राई र चन्द्रबहादुर चम्लागाईं विजयी भएका छन् । 

एमालेका चन्द्रबहादुर चम्लागाईं र काँग्रेसका प्रताप राईबीच पनि बराबर आठ÷आठ मत भएपछि गोलाप्रथाबाट एमालेका चम्लागाईं निर्वाचित हुनुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!