नेतृत्वमा पुस्तान्तरण हुनुपर्छ – पुर्व गृह राज्य मन्त्री बाँस्कोटा

Posted on: 05 Sep, 2021

कमल घिमिरे । भदौ २० । पाँचथर , लामो समयदेखी नेपाली काँग्रेसमा सकृय रुपमा राजनिति गर्र्दै आएका पुर्व गृह राज्य मन्त्री दिपक प्रकास बाँस्कोटाले सकृय राजनिति बाट सन्यासको घोषणा गर्नुभएको छ । 

अबको राजनितीको नेतृत्व र देशको नेतृत्व युवाहरुले गर्नुपर्छ भनी सन्यासको घोषणा गरेको गृह जिल्ला पाँचथर आएर पत्रकार सम्मेलन गर्दे पुर्व मन्त्रि बाँस्कोटाले बताउनु भयो । वि.सं २००५ मा फिदिम नगरपालिका ७ रानिटारमा जन्म लिएका बाँस्कोटाले वि.सं.२०२६ सालमा नेपाली कांग्रेसको सदस्यता लिइ सकृय राजनितीमा प्रवेश गर्नुभएको थियो । गृह राज्य मन्त्री समेत भएका बाँस्कोटाले राजनिती सुरु गरेको ५२ वर्ष पछाडी राजनिती बाट सन्यास लिएको बताउनुभएको छ । 

पार्टीको कृयाशिल सदस्य मात्र हुने र बाँकी जिवन ध्यान र आध्यात्ममा समर्पण गर्ने पुर्व मन्त्रि बाँस्कोटाले बताउनु भयौ  । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!