पाँचथरमा सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएपछी ...

Posted on: 10 Dec, 2016


जितेन्द्र भण्डारी | मंसिर २५, पाँचथर | सार्वजनिक विदाको दिन विना अनुमति सरकारी कार्यालयका सवारी साधानहरु संचालन गर्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले त्यस्ता सवारी साधनहरु धमाधम नियन्त्रणमा लिन थालेको छ ।

 यसैक्रममा शनिबार अर्थात आज झापाको शनिअर्जुन नगरपालिका कार्यालयको विना अनुमति चलाएको भन्दै फिदिममा नियन्त्रणमा लिइएको कार्यालय प्रमुख उत्तम भण्डारीले जानकारी दिनुभयो । 

कार्यकारी अधिकृत मनोज राउत चढेको गाडी विना पास चलाइरहेको हुँदा नियन्त्रणमा लिइएको उहाँले वताउनुभयो । कार्यालयको काममा नभएर ब्यक्तिगत कामको लागि राउतले विना अनुमति सार्वजनिक विदाको दिन सवारी साधान संचालन गरिरहेकोले नियन्त्रणमा लिइएको कार्यालय प्रमुख भण्डारीले वताउनुभयो । 

पछिल्लो समय जिल्लामा विना पास सार्वजनिक विदाको दिन समेत सरकारी कार्यालयका सवारी साधानहरु संचालन गरिरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!