राप्रपा पाँचथरको अध्यक्षमा कुरुम्बाङ चयन

Posted on: 13 Dec, 2016

मंसिर २८, पाँचथर । राप्रपा पाँचथरको कार्यकारी अध्यक्ष घलेन्द्र लिम्वू कुरुम्बाङ चयन हुनुभएको छ । 

यस्तै पाटीको जिल्ला अध्यक्ष भने मानदेव केरुङलाई चयन गरिएको राप्रपाले जनाएको छ ।

 पाटीको केन्द्रिय कार्यसम्पादन समितीको सोमबार वसेको वैठकले दुवै जना अध्यक्षको दावेदार भएपछि जिल्ला अधिवेशन अघि एक एक महिना पालो गर्ने गरी कार्यकारी र जिल्ला अध्यक्ष तोकेको हो । 

जिल्ला अध्यक्षको विषयमा दुवै पाटीको दावी रहेपछि पाटीको केन्द्रिय समितीले निर्णय गर्ने गरी जिल्ला बाट सिफारिस गरिएको थियो ।

यस्तै जिल्लाको पदाधिकारी,र क्षेत्रिय, गाउँ अधिवेशनको भागवण्डा भने मिलि नसेको राप्रपाका केन्द्रिय सदस्य तेज कुमार कुरुम्बाङले जानकारी दिनुभयो । 

राप्रपा नेपाल र राप्रपाको एकीकरण भएसँगै ७५ वटै जिल्लामा आगामी माघ १५ गते क्षेत्रिय अधिवेशन,र माघ २० गते जिल्ला अविधेशन हुँदैछ । उक्त अधिवेशनले मात्रै जिल्लाको अध्यक्ष तोक्ने छ । 

यस्तै राजधानीमा आगामी फागुन ६ गते केन्द्रिय महाधिवेशन हुँदैछ । पाटीको कार्यसम्पादन समितीको वैठकले केन्द्रिय उपाध्यक्ष ६ जना,महामन्त्री ६ जना,कोषाध्यक्ष २ जना, प्रवक्ता २ जना र सहप्रवक्ता ४ जनालाई तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!