पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

Posted on: 27 Jan, 2017

माघ १४, पाँचथर । पाँचथरको रानीटार– ६ स्थित चियाबारीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् । 

मृत्यु हुनेमा रानीटार– ६ का ५२ वर्षीय भिमबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको फिदिमस्थित पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो । 

दुर्घटनामा परी घाइते भएकामध्ये रानीटार– ६ का सूर्यमान गुरुङ र फिदिमनगरपालिका– ३ का जयकुमार राईको झापाको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा तथा फिदिम नगरपालिका– ३ कामानबहादुर राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

मे १ त ३६९० नं ट्याक्टर गोलिया काठ लिएर फिदिमतिर आउने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!