नेपाल निजामति कर्मचारी यूनियन संघको अध्यक्षमा शाह

Posted on: 19 Feb, 2017

जितेन्द्र भण्डारी, ,फागुन ८, पाँचथर । नेपाल निजामति कर्मचारी यूनियन संघ पाँचथरको सदरमुकाम फिदिममा शनिबार वेलुका सम्पन्न सातौ जिल्ला अधिवेशन बाट उमेश शाह सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको छ ।

नवगठित समितीको उपाध्यक्ष पदमा तुलसीराम भण्डारी,कौशिला दाहाल,सुरेनहाङ नेम्बाङ,सचिव डिल्ली प्रसाद संजेल,सहसचिव गोपाल नेपाल,कोषाध्यक्षमा हरि प्रसाद गुरागाई लगायत १७ सदस्य नयाँ कार्यसमिती चयन गरिएको छ ।

यस्तै केन्द्रिय प्रतिनिधीहरुमा तेज बहादुर तुम्वापो,मेघनाथ लुईटेल,दुतराज राई लाई चयन गरिएको छ ।

राष्ट सेवा ,निष्पक्षता,तटस्थता र कर्मचारीको एकता भन्ने मूलनाराका साथ शुरु भएको अधिवेशनको उद्घाटन सत्रमा उद्योग वाण्ज्यि हकहित सम्वद्ध समिती सभापति भिष्मराज आङदेम्बे,नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङ,स्थानिय विकाश अधिकारी कोमल प्रसाद धमला,आधिकारिक ट्रेड यूनियन पाँचथरका जिल्ला अध्यक्ष शेखर ढकाल,डेमोक्रेटिक लयर्श एसोसिएशन जिल्ला अध्यक्ष छवि वास्कोटा,नेपाल निजामित कर्मचारी संगठन जिल्ला अध्यक्ष प्रकाश अधिकारी,राष्ट्रिय कर्मचारी संगठन जिल्ला अध्यक्ष देवी अधिकारी,नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष लवदेव ढुंगानाले मनतब्य  ब्यक्त गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!