पाँचथरमा रुखले किचेर एकको मृत्यु

Posted on: 01 Mar, 2017

पाँचथर, १८ फागुन । रुख काट्ने क्रममा रुखले किचेर पाँचथरको फिदिममा आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ घर भइ हाल फिदिम बस्दै आएका ४२ वर्षीय हेमकुमार पालुङवा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम–१ बुद्धमार्गमा बन्दना मोक्तानको काब्राको रुख स्थानीय आइतराज केरुङले ठेक्कामा लिएर काट्दै गर्दा रुख ढलेर किच्दा पालुङवाको मृत्यु भएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!