जङ्गलमा लागेको आगो गाउँमा पस्दा आठ घर जलेर खरानी

Posted on: 10 Apr, 2017

चैत २८, पाँचथर । पाँचथरको सुभाङ–२ पाखा गाउँमा आज अपराह्न आगलागी हुँदा आठ घर र दुईवटा ग्वाली पूर्णरुपमा जलेर नष्ट भएका छन् । 

आगलाीबाट स्थानीय गोपाल खनाल, रविलाल चापागाईँ, मानबहादुर खनाल, गोपाल खनाल, चन्द्र चापागाईँ, कुलबहादुर खनाल, मदन चापागाईँ र राजकुमार पन्धाकको घर पूर्णरुपमा नष्ट भएको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो । 

जङ्गलमा लागेको आगो आज दिउँसो २ बजे वस्तीतिर फैलिएको थियो । अहिलेसम्म क्षतिको सम्पूर्ण विवरण आउन सकेको छैन ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!