पाँचथरमा हात्तिपाइले रोग विरुद्दको औषधी फागुन १२ गतेदेखि वितरण गरिने

Posted on: 12 Feb, 2018

जितेन्द्र भण्डारी/माघ २९, पाँचथर । पाँचथरमा राष्ट्रिय हात्तिपाइले रोग विरुद्दको औषधी आगामी फागुन १२ गतेदेखि वितरण गरिँदैछ ।

आगामी फागुन १२ गतेदेखि ३ दिन सम्म १४ गते सम्म पाँचथरका सवै गाउँपालिका र नगरपालिकाका नागरिकलाई औषधी वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

औषधी वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न सरोकारवाला निकाय सित स्वास्थ्य कार्यालयले छलफल,गोष्ठी र अन्र्तक्रियाको कार्यक्रमलाई ब्यापकता दिएको यस कार्यक्रमका फोकल पर्सन उमेश मेहताले जानारी दिनुभयो ।

जसअन्र्तगत आइतबार जिल्लाका स्वास्थ्य संस्था प्रमुखहरु सित योजना तर्जुमा गोष्ठी संचालन गरेको थियो । उक्त गोष्ठी फागुन ७ गतेसम्म सरोकारवाला पक्ष सित निरन्तर गरिरहने स्वास्थ्य कार्यालयले जनाएको छ ।

३० जना सहभागि तालिमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.पवन कुमार शाह,जनस्वास्थ्य अधिकृत योगराज घिमिरे,हेल्थ असिष्टेन्ट उमेश मेहता लगायतले गर्नुभएको थियो ।

यो औषधी वितरण सातौ चरण अन्र्तगत वितरण गर्न लागिएको हो । सरकारले नेपाललाई आगामी सन् २०२० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने

लक्ष्य राखेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!