बालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका निर्माणका लागि हिलिहाङ गाउँपालिका अघि वढ्दै

Posted on: 16 Mar, 2018

जितेन्द्र भण्डारी | चैत २, पाँचथर | बालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका निर्माणका लागि पाँचथरको हिलिहाङ गाउँपालिका अघि वढ्दैछ ।

जसका लागि हिलिहाङ गाउँपालिका वडा नम्बर १ मा भएको भेलाले बाल भेला तथा बाल संजाल गठन गरेको छ ।

वडा नम्बर १ का वडाअध्यक्ष गोपीकृष्ण भण्डारीको अध्यक्षतामा बसेको उक्त भेलाले इन्दिरा सुवेदीको अध्यक्षतामा संजाल गठन गरिएको हिलिहाङ गाउँपालिकाका प्रवक्ता मदन गौतमले जानकारी दिनुभयो ।

नौ सदस्य नवगठित समिती को उपाध्यक्षमा पर्वत कार्की, सचिव लक्ष्मी भण्डारी,कोषाध्यक्ष अनिता कार्की लगायत रहनुभएको छ ।

कार्यक्रममा वोल्दै वडाअध्यक्ष भण्डारीले बालमैत्री स्थानिय शासनयुक्त वडा बनाउनका निम्ति यथेष्ट बजेट ब्यवस्थापन गर्ने बताउनुभयो ।

कार्यक्रममा पालिकाका प्रशासकिय अधिकृत टार्जन लिम्बू,स्रोत ब्यक्ति विश्वनाथ भण्डारी,लेखा प्रमुख सुबास भट्टराई,वडा सचिव सुरेन्द्र भण्डारी तथा वडा सदस्यहरु सम्वन्धित विद्यालयका प्रअ तथा बाल क्लव संरक्षक शिक्षकहरुको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!