ट्याक्सी व्यवसायीहरु यात्रु ठग्दै, एक किमिमा ३० रूपैया लिदै

Posted on: 11 Oct, 2018

कमल घिमिरे ।असोज २५, पाँचथर | पाँचथरको दक्षिणी तुम्बेवा गाउँपालिकाका  गाउँपालिका केन्द्रबाट ३४ किलोमिर दुरीको यात्रा बापत एक हजार बुझाउँन बाध्य भएका छन् ।

प्रस्तावित तमोर कोरिडोर सडक अन्तर्गत पापाँचथर को तुम्बेवा गाउँपालिकाको केन्द्र मौवादेखि धनकुटा जिल्लाको मुलघाटसम्म पुग्न ३४ किलोमिटरको सडक पार गर्नु पर्छ । सवारी साधनको अभावको कारण स्थानीय सवारी सञ्चालनकहरुले तोकेको भाडा तिर्न बाध्य भएका हुन । छोटो मार्गको रुपमा पूर्वी तराईलाई ताप्लेजुङको ओलाङचुङगोलाहुदै चीनसम्म जोड्ने उदेश्यले निर्माणाधीन तमोर कोरिडोर अन्तरर्गत मौवा–धरान खण्डमा सवारी सञ्चालन हुन थालेको बर्ष्दिन भएको छ । सवारी साधन संञ्चालन हुन थालेपछि यातायात ब्यवसाहीहरुले मनपरी भाडा दर निर्धाणर गरेका थिए । हालसम्म पनि उक्त भाडादर कायमै हुदा स्थानीयवासी चर्को भाडा तिर्न बाध्य भएका छन् ।

गाउँपालिकाको केन्द्रबाट दैनिक ५ ओटा ट्याक्सी झापाको दमकसम्म सञ्चालित छन् । गाउँपालिकाको केन्द्र मौवादेखि दमकसम्मको दुरी १ सय २५ किलोमिटर छ । ट्याक्सी सञ्चालकहरुले धनकुटाको मुलघाटहुदै यात्रु जुनसुकै ठाउँमा उत्रिएपनि पूरै १ सय २५ किलोमिटरको भाडा लिने गरेको स्थानीयको गुनासो रहेको छ ।

मौवा बजारबाट मुलघाटसम्मको दुरी ३४ किलोमिटर छ भने मौवा–धरानको दुरी ७२ किलोमिटर । यी जुन स्थानसम्म पुगेपनि यात्रुले पूरा १ सय २५ किलोमिटरको भाडा तिर्नुपर्ने बाध्यता रहेको तुम्बेवा गाउपालिका वडा न. ३ का वडा अध्यक्ष कमल थापाले बताउनुभयो । यता सवारी चालक चालकहरुले भने सडकको अबस्थाका कारण हिउदको समयमा भन्दा पनि बर्खाको समयमा एक हजार भाडा लिने गरेको बताएका छन्  । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकबाट मौवाहुदै धरान पुग्न ७० किलोमिटर दुरी पार गर्नुपर्छ यासोकबाट धरानसम्मको ७० किलोमिटरको भाडा ८ सय रुपयाँ रहेको स्थानीयवासी बताउँछन् । तर यासोक भन्दा छोटो दुरीमा रहेको मौवाबाट मुलघाट होस् वा धरान जहाँ पुगेपनि एक हजार भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई रहेको छ ।

स्थानीयवासीले चर्को भाडा दरको बिषयमा गाउँपालिका प्रमुखलाई गुनासो गरेपछि गाउँपालिकाले पटक–पटक छलफल गरिसकेको गाउँपालिका प्रमुख होमनाथ थापाले बताउनुभयो । पाँचथरको कुम्मायक, तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकावासी छोटो दुरीको सडकको रुपमा तमोर कोरिडोरको सडक प्रयोग गर्दै आएका छन । तर व्यवसाहीको चर्को भाडा दरबाट स्थानीय लामो समयदेखि ठगिदै आएको बताइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!