फाल्गुनन्दको शालिक अनावरण प्रधानमन्त्रीले गर्ने

Posted on: 27 Oct, 2018


 कमल घिमिरे।कातिक१०। पाँचथर,राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १सय ३४ औ जन्म जयन्ती पाँचथरमा भब्यताका साथ मनाइने भएको छ ।

 जन्म जयन्ती मूल समारोह समितीले आगामी कार्तिक २३ गतेदेखि २५ गते सम्म विविध कार्यक्रम गरी मनाइने आयोजक मूल समारोह समितीले आज सरदमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुने भएको छ ।

 प्रधानमन्त्री ओलीले कार्तिक २५ गते बिहान सुम्हात्लुङ गढी स्थित मेची इङलिस बोडिङ स्कूल परिसरमा अवस्थित किरात माङहिम उद्घाटन र महागुरु फाल्गुनन्दको सालिक अनावरण,गुरु गुरुआमाज्यूहरु बाट चरु हवन तथा नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको भएको छ । त्यसैगरी कार्तिक २५ गते दिउँसो फिदिमको शनिबारे बजारमा रहेको महागुरु फाल्गुनन्दको शालिक प्रधानमन्त्री ओलीले अनावरण गर्ने कार्यक्रम तय भएको मूल आयोजक समितीका अध्यक्ष डकेन्द्रसिङ थेगिमले बताउनुभयो । यस कार्यक्रमलाई सफल पार्न जिल्लाका विभिन्न १५ वटा संघ संस्थाहरुले सहयोग गरेका छन् ।

 यस कार्यक्रमको मुख्य प्रर्वद्धक फिदिम नगरपालिका रहेको र अन्य विभिन्न देश विदेशमा रहेका संघ संस्था तथा भक्तजनहरु बाट सहयोग मागेर कार्यक्रम सफल पार्ने मूल आयोजक समारोह समितीका सचिव सुवास तुम्बापोले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!