पाँचथरमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै

Posted on: 17 Nov, 2018

कमल घिमिरे।मंसिर १ पाँचथर,पाँचथर जिल्लामा सन् २०१८ को १० महिनाको अवधिमा ५३ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेको सार्वजनिक भएको छ ।

      अनौपचारिक सेवा केन्द्र इन्सेक पाँचथरले  नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ वार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना  गर्दै सो तथ्याङक सार्वजनिक गरेको हो । फिदिम स्थित तमोर भ्यालि गेष्ट हाउसको चुम्देन हलमा आयोजित कार्यक्रममा इन्सेक पाँचथरका प्रतिनिध मँगल वेघाले प्रस्तुत गर्नुभएको विबरण अनुसार सन् २०१८ को जनवरिदेखि अक्टोबर १० महिनाको अवधिमा नागरिक राजनितिक अधिकारका ७,बाल अधिकारका १८ र महिला अधिकारका २८ गरि ५३ वटा मानव अधिकारको उल्लङघन भएको विबरण प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्लामा वढ्दो मानव अधिकार उल्लङघनलाई न्यूनिकरण गर्न सहभागि राजनितिक दल, सरकारि कार्यालयका प्रमुख तथा प्रतिनिध, विभिन्न सँघसँसस्थाका प्रतिधिहरु, महिला अधिकार कर्मि र सञ्चारकर्मिहरु सँग  अन्तरक्रिया समेत भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!