फिदिम नगरपालिकाको प्रथम चौमासिकमा रु ४६ लाख वढि राजश्व संकलन

Posted on: 27 Nov, 2018

कमल घिमिरे।मंसिर १०।पाँचथर, पाँचथरको फिदिम नगरपालिले चार महिनामा ४६ लाख वढि राजश्व संकलन गरेको छ । 

आ.व.०७५/०७६ को प्रथम चौमासिक अर्थात साउन देखि कार्तिक सम्म ४६ लाख तिन हजार आठ सय ५१ रुपैया राजश्व संकलन फिदिम नगरपालिकाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी डम्बर बहादुर आङदेम्बेले बताउनुभयो ।

जसमध्ये एकीकृत सम्पत्ति करमा १४ लाख २ हजार ४ सय ३५ रुपैया रकम,अन्य दस्तुर बापत्त ५ लाख ३३ हजार तिन सय नौ रुपैया लगायत विविध ४१ वटा शिर्षकमा गरेर उक्त रकम राजश्व संकलन भएको छ । 

यो आ.व. मा ३ करोड ३० लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य राखेको फिदिम नगरपालिकाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!