पाँचथरमा युवतीको करणी गर्ने युवक पक्राउ

Posted on: 18 Dec, 2018

कमल घिमिरे।पौष ३।पाँचथर,   पाँचथरमा युवतीमाथि जबरजस्ती करणी गर्ने एक युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

  पक्राउ पर्नेमा  पाँचथर जिल्ला  फाल्गुनन्द गाउँपालिका २ बस्ने २६ वर्षिय लाले भन्ने शुरेस भुजेल रहेका छन् ।

  गत मंसिर २८ गते साँझ ७ बजेको समयमा पिडित युवतीका अभिभावकहरु छिमेकमा बिवाह रहेकोले विवाह घरमा निम्तो मान्न गएको मौका पारी युवकले उनलाई घरैबाट ललाईफकाई केहि पर लगी करणी गरेको प्रहरीको भनाइ छ। 

  पिडित युवती सुस्त मनस्थिती भएको जनाइएको  छ। युवती  सानै देखि देख्न सुन्न सक्ने भए पनि बोल्न भने राम्रोसंग सक्दिनन् ।  उनि ईशाराले कुरा गर्छिन तर अरुले बोलेको र सोधेको कुरा ईशाराले मात्र जवाफ दिन सक्छिन् । पिडितले दिएको ईशारा अनुसार अभियुक्तले उनलाई घरबाट   हात समाई घरदेखि केहि पर एकान्तमा लगी हातले मुख थुनेर बोल्न कराउन नदिई करणी गरेको भनि उनका आफन्तले प्रहरीलाई बताएका छन् ।  पक्राउ परेका युवकलाई  थप अनुसन्धानको लागी पाँचथर जिल्ला अदालतबाट जबरजस्ति करणी अन्तर्गत मुद्दा दर्ता गरी प्रहरी हिरासतमा राखिएको छ भने घटना सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!