पाँचथरमा डिप बोरिङ प्रविधि सफल बन्दै

Posted on: 02 Feb, 2019

कमल घिमिरे।माघ१९।पाँचथर,  पाँचथर र इलामको सिमाना घुर्बिसे पञ्चमी बजामा डिप बोरिङ प्रविधिबाट पानी निकाल्ने काम सफल भएको छ ।

इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको संयुक्त लगानीमा पाथिभरा सोलार एण्ड डिलिङ कम्पनि प्रालिले सफलता पुर्वक पानी निकाल्ने काम सम्पन्न गरेको हो ।

 २५५ मिटर गहिराइबाट निकालिएको पानी ३इन्च निस्केको र १ हप्ता भित्र प्रती सेकेण्ड का दरले पानि निकालेर खानका लागि योग्य हुने बताइएको छ।

३८ देखि ४० लाख सम्मको लगानीमा हुने काम केहि प्रतिशत छुटमा गरिएको कम्पनिको दावी छ । नेपालका विभिन्न जिल्लामा सफलतापुर्वक काम गर्दै आएको कम्पनिले चाँडैनै इलाम र पाँचथरका सम्भावित क्षेत्रहरुमा डिप बोरिङबाट पानी निकालिने कम्पनिका मेनेजिङ डाइरेक्टर देवेन्द्र प्रसाद चौलागाई ले बताउनुभयो। 

पानी आए सँगै इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाका स्थानीयहरु ले राहात पाउने उपभोक्ता समितिका फाल्गुनन्द गाउँपालिका अध्यक्ष तेजु चेम्जोङ र फाकफोकथुम गाउँपालिकाका कृष्ण सम्बाहाम्फेले बताउनुभयो ।

यस अघि पाँचथरकै कुम्मायक गाउँपालिका मा पनि डिप बोरिङबाट पानी निकालिएको थियो। जुन पानी त्यहाँका स्थानीयले प्रयोग गरिरहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!