२१ स्थानमा सशस्त्र प्रहरी राखिने

Posted on: 04 Feb, 2019

माघ २१, पाँचथर | प्रदेश नं १को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताउनुभएको हो । 

उहाँले सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राख्न रु १७ करोड ५० लाख बजेट छुट्याइसकेको जानकारी दिनुभयो । 

भर्खरै बसेको प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकलेसशस्त्र प्रहरी पोष्ट राख्न सम्बन्धित निकायलाई अख्तियारी समेत दिएको र यसबाट सीमा क्षेत्रका नागरिकको सुरक्षाका साथै वन्यजन्तु तथा जटिबुटी चोरी निकासी रोक्नसहयोग पुग्ने मन्त्री आङ्बोले बताउनुभयो । सीमा क्षेत्रमा समस्या भए त्यसलाई राजनीतिक विषय बनाउन नहुने तर समस्या देखिए दुबै देशका प्रतिनिधि बसेर समस्या समाधान गरिने उहाँको भनाइ थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!