स्कुटरको ठक्करबाट एकको मृत्यु

Posted on: 17 Feb, 2019

कमल घिमिरे ।फागुन ५। पाँचथर, पाँचथरको फिदिममा स्कुटरको ठक्करबाट १ जना पैदल यात्री को मृत्यु भएको छ । 

फिदिम नगरपालिका ३ लालिखर्कमा मे.४ प. २५७३ नम्बरको स्कुटरले स्थानिय ३८ वर्षिय गोपाल राईलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका राईको उपचार को क्रममा समर्पित अस्पताल फिदिममा निधन भएको प्रहरीले जनाएको छ । 

तिब्र गतिमा रहेको स्कुटर मोड्न असफल हुनाले घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  

स्कुटर चालक फिदिम नगरपालिका ३ कै र्टक श्रेष्ठ पनि घाइते भएका छन् । घाइते श्रेष्ठको समर्पित अस्पतालमा प्रहरिकै निगरानिमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरा मुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।  मृतक राईको जिल्ला अस्पतालमा पोष्टमार्टम भइरहेको पाँचथर प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!