कानुन व्यवसायमा लोकप्रिय गुरुङ, न्याय क्षेत्रका विकृति हटाउन सक्दो काम गर्ने

Posted on: 07 Mar, 2019

कमल घिमिरे।फाल्गुन २३ ।पाँचथर, नेपाल बार एशोसिएसनको २५ औं महाधिवेशनमा आदिवासी जनजाति क्षेत्रबाट सदस्यको उम्मेदवार हुन कैलाश गुरुङ । पाँचथर फिदिम नगरपालिका ८, रानीटारका ४३ वर्षीय अधिवक्ता गुरुङ कानुन व्यवसायीमाझ मात्र हैनन् आदिवासी समुदायमासमेत लोकप्रिय मानिन्छन् । 

बारको आसन्न महाधिवेशनमा लोकतान्त्रिक समूहका उम्मेदवार गुरुङले काठमाण्डौमा रहेर वकालत गरेको १५ वर्ष भयो । काठमाण्डौ स्कुल अफ लुबाट एल.एल.एम. पूरा गरेका गुरुङले कानुनी क्षेत्रमा स्पष्ट र प्राज्ञिक हैसियत बनाएका छन् । सुरुमा हिमाल, पहाड र तराइकाआदिवासी जनजाति सम्मिलित कानुन व्यवसायीहरु मिली समावेशी ल फर्म सञ्चालन गरेका उनले पहाडमा रहेका आमाबुबाको नाममा अनामनगरमा पाँच वर्षयता चन्द्र ल केन्द्र चलाइरहेका छन् । 

गरिबी र अशिक्षाका कारण आदिवासी जनजातिहरुको न्यायमा कम पहूँच छ गुरुङ भन्छन्, "त्यसैले देशभरका आदिवासीको सहयोगको लागि आफूलाई यो व्यवसायमा केन्द्रीत गरेको छु ।" आफूकहाँ आउने नागरिकलाई उनी तत्काल रेस्पोन्स गर्छन् र सक्दो सहयोग गर्ने गरेको उनका सहकर्मी बताउँछन् ।


आदिवासी जनजाति समुदायले काठ्माण्डौमा गर्ने प्राय कार्यक्रममा उनी सामेल हुन्छन् । सानैदेखि अर्कालाई सहयोग गर्ने र तार्किक क्षमता राख्ने तीक्ष्ण बुध्दिका गुरुङ त्यही कारण अहिले व्यवसाय र समुदायमा लोकप्रिय बन्न सफल बनेको उनका सहपाठी केशव रिजालले बताए । 

चार भाइ र तीन बहिनीका जेठा दाजु कैलाश श्रीमती, एक छोरा र एक छोरीकासाथ सूर्यविनायक ५, भक्तपुरको आफ्नै निवासमा बसोबास गर्छन् । नेपाल प्रहरीमा छोटो अवधि जुनियर प्रहरी अधिकृतको रुपमा काम गरेर राजीनामा गरी वैदेशिक रोजगारीसमेत गरेका उनी पछिल्लो व्यवसायिक काममा अब्बल दरिएका छन् । गुरुङले बारमा विजयपछि वकालत पेशामा रहेका विकृति हटाउन सक्दो प्रयास गर्ने प्रण गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!