पाँचथरमा ट्रयाक्टर दुर्घटना एकको मृत्यु,दुई घाइते

Posted on: 08 May, 2019

कमल घिमिरे।बैशाख२५।पाँचथर,पाँचथरको कुम्मायक गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा  एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कुम्मायक २ सुब्बा टोलबाट चौथिबजारतर्फ सल्लाको काठ बोकेर गईरहेको लु.१ त. ६२४ नम्बरको ट्रयाक्टर मंगलबार राती १० बजे अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

  दुर्घटनाबाट घाइते भएका जिल्लाकै फालेलुङ गाउँपालिका ५ प्राङबुङका १८ वर्षिय रोसन थाम्सुहाङको पाँचथर अस्पताल ल्याइपुय¥याउँदा चिकित्सकहरुले मृतक घोषणा गरेका थिए । दुर्घटनामा चालक याङवरक ३ ओयामका २१ वर्षिय सन्तोष मगर र सह चालक फिदिम ९ का २० वर्षिय धिरेन राइ रहेका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको पाँचथर प्रहरिले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!