पाँचथरमा एक महिलामाथि सामूहिक बलात्कार

Posted on: 13 May, 2019

कमल घिमिरे।बैशाख३०।पाँचथर, पाँचथरको फिदिम नगरपालिकाकी एक महिलालाई तीन जनाको समुहले सामूहिक बलात्कार गरेका छन् ।

५८ वर्षिय ती महिला छिमेकीको विवाहमा गएको समयमा शुक्रबार राती बलत्कारको शिकार बन्न पुगेको बताइएको छ ।  

 आफूलाई सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । पीडित महिलाको उजुरीको आधारमा घटनाका आरोपित स्थानीय ४५ वर्षीय धनसिंह फागोलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका आरोपित अन्य दुई जना फरार रहेकाले खोजीे कार्य भइरहेको पाँचथर प्रहरीले जानकारी दिएको छ । शुक्रबार छिमेकीको बिहेमा निम्तो मान्न गएको बेला राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!