पाँचथर सामुहिक हत्या प्रकरण : भागेर बाँचेकी सीताको उपचार शुरु

Posted on: 21 May, 2019

 जेठ ७, दमक । सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज अपराह्न दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

सीताको हात भाँचिएको र हाल उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो । घाइते सीताले स्थानीयवासीलाई बताएअनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । सीता विक्षिप्त अवस्थामा रहेको भन्दै भेटघाटमा चिकित्सक तथा सुरक्षाकर्मीले कडाइ गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!