फिदिममा आगलागी बाट २२ लाख बढीको क्षती

Posted on: 26 May, 2019



कमल घिमिरे।जेष्ठ१२।पाँचथर, पाँचथरको फिदिममा गएराती आगलागी हुँदा २२ लाख बराबरको क्षती भएको छ ।

 फिदिम नगरपालिका १ स्थित मुस्कान चौक नेपालटारमा फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको एक वर्कसपमा आगलागी हुँदा वर्कशपमा भएका सामान, मर्मतका लागि राखिएको ट्याक्सि जलेर नष्ट भएको छ भने हाइट्रोजन ग्यासको सिलिन्डर विस्फोट हुँदा वर्कशपका एक जना कामदार घाइते भएका छन् । घाइते कामदार उपचार पछि घर फर्किएको बताइएको छ । 

 राती सभा १२ बजे तिर लागेको आगो निभाउन १ बजे मात्र दमकल आइपुगेको स्थानियको भनाइ छ ।दमकल,स्थानिय बासिन्दा तथा प्रहरीको सकृयतामा आगो निभाइएको थियो । विद्युत बिग्रेको भनेर बारमबार प्राधिकरणलाइ जानकारी गराएको र कोही पनि विद्युत बनाउन नआएकोले प्राधिकरणको लापरबाहिले विद्युत सर्ट भएर आगो लागेको स्थानियको आरोप छ । 

आगलागीमा सबै सामान गरेर २२ लाख बढीको क्षति भएको पाँचथर प्रहरिले जनाएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!